नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले जनताको हितका लागि बैंक तथा वित्तीय संस्थामा संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकिएको बताएका छन् । अर्थसमितिको बैठकमा राष्ट्र बैंकका गभर्नर डा। नेपालले सर्बोच्च अदालतको अन्तरिम आदेश औपचारिक नआएको बताए । गभर्नर नेपालले जनताको करबाट तलब खानेको उमेर हद ५८ भएको भन्दै जनताको पैसाबाट चल्ने बैंकका सिइओको उमेर लाई ६५ तोकिएको बताए ।
गभर्नर नेपालले संसारमा कहीँ नभएको वाणिज्य बैंकमा ९४ वर्षको अध्यक्ष र ८० वर्ष पुगेको व्यक्ति सिइओ रहेको दावी गरे । विश्वव्यापी मान्यताको आधारमा उमेर हद तोकेको बताउँदै उनले यो राष्ट्र बैंकको अधिकार भित्र पर्ने उल्लेख गरे । राष्ट्र बैंकले साउन २२ गते बैंक तथा वित्तीय संस्थाका सिइओ र प्रमुख कार्यकारी अधिकृतलाई उमेर हद तोकेको थियो । सो का बिरुद्ध बैंकर नारायणदास मानन्धर सर्बोच्च गएका थिए । सर्बोच्चले तत्कालका लागि यो निर्देशन पालना नगर्न अन्तरिक आदेश दिएको थियो ।
बैंकिङ खबरबाट साभार ।