जापानी संमृद्धिको मुल चुरो

 


ढुन बहादुर बुढाथोकी, “संघर्ष”
मानब सम्भताको इतिहासमा आधुनिक जापानको जागरण एक महत्वपूर्ण परिघटना मानिन्छ । बिश्व इतिहासको रङ्गमञ्चमा यस्ता कमै मुलुक पाइन्छ, जसले यति सीमित प्राकृतिक स्रोतसाधनका वाबजुध यतिबिघ्न र यतिअभूतपूर्ब उन्न्नति हासिल गरेको होस । त्यसो त जापानलाई ऐतिहासिक दृृष्टिकोणवाट पुरातन बौद्ध(सन् १५२२–१६०३), से तोकुगावा शोगन प्रभूत्को सामन्तवाद(सन् १६०३–१८६८), आधुनिक(सन् १८६८ देखि हालसम्म) गरी तीन आयमवाट पनि नियाल्न सकिन्छ । जापानले बिगतमा चीन, कोरिया लगायतका मुलुक माथि प्रभुत्व जमाई एकहद सम्म साम्राज्यवादी रबैया देखाई सकेको छ । भलै, दोस्रो बिश्वयुद्ध पश्चात उसको साम्राज्यवादी सपना चकनाचुर बन्न पुग्यो । तथापि, अहिले पनि बिश्व रंगमञ्चमा जापानको प्रभाबमा तुसारपात आएको छैन । राजनैतिकरुपमा समाजवाद प्रति प्रतिरोध र लोकतन्त्र प्रति समर्थन जताउदछ । बस्तुतः आधुनिक जापान प्राचिन युनानको सृजनात्मक शक्ति, भोल्सेभिक क्रान्ति गर्न सफल सोभियत रुसको क्रान्तिकारी सोच, औद्योगिक क्रान्तिको प्रणेता बेलायतको औद्योगिक तथा शिल्प कुशलताको सुुन्दर समन्वयको जीबन्त उधारण हो । जापानको अभूतपूर्ब उन्नतिमा उसको मातृभूमि प्रतिको प्रेम अनन्य रहेको छ ।
भुगोल
कूल ३ लाख ७७ हजार ९३० बर्ग किलोमिटर भुभागमा फैलिएको जापान भुगोलको हिसाबले बिश्वको ६१ औं ठूलो मुलुक मानिन्छ । क्षेत्रफलका हिसाबले जर्मन, नर्बे, मलेसिया, फिनल्यान्ड वा पोल्यान्ड समतुल्य मुलुक हो । चारैतर्फवाट प्रशान्त महासागरले फेरो मारेको जापान सार्बभौमसत्ता सम्पन्न टापु मुलुक पनि हो । अर्को शब्दमा भन्नुपर्दा जापान सानाठूला गरी ६ हजार ८५२ वटा दीपहरुको समुच्च रुप पनि हो । जसमा, होक्काइदो, होन्शु, शिकोकु, ख्युसु र ओकिनवा जस्ता चारवटा ठूला दिपहरुको एकल हिस्सा ९७ प्रतिशत छ । जापान बिश्वको धनी मुलुक कहलियता पनि प्राकृतिक संसाधनमा ठगिएको मुलुक हो र कोईला, तेल, प्राकृतिक ग्याँस, फलाम, खनिज जापानमा दुर्लभ छ । प्राकृतिक साधनको नाममा समुद्र वा जल मात्र रहेको छ ।
रुस जापानको सबै भन्दा नजिकको छिमेकी मानिन्छ, भने सि अफ अगस्टनले दुई देशलाई छुट्टाएको छ । रुसको अलवा चीन, दक्षिण कोरिया, उत्तर कोरिया लाईनोसाइनो गाँसिएका छिमेकीहरु हुन । अमेरिका, बेलायत, जर्मन, भारत राजनीति तथा सामरिक सहपाठीहरु हुन । भौगोलिक बनावटका दृष्टीकोणवाट जापान ‘रिङ अफ फायर’ को मुलुक पनि हो । जहाँ नर्थ अमेरिकन, प्यासेफिक, युरेसियन र फिलिपिनी टेक्टोनिक ल्लेटहरु एकआपसमा टक्राउने सम्भबना रहदा भूकम्प, ज्वालामुखी, सुनामी जस्ता प्राकृतिक बिपदको उच्च जोखिम सधै भईरहन्छ । जापानको तीन चौथाई हिस्सा पहाडले ओगटेको मात्र छैन, अल्पास श्रृंखला जापानको मध्येभाग हुदै लहरै ठडीएको छ । जहाँ ३ हजार ७७६ मिटर अग्लो माउन्ट फुजी अल्पास श्रृंखला र टोकियोको मध्येभागमा ठडिएको छ । जुन जापान कै सर्बोच्च अग्लो हिमचुली मात्र नभई सन् २०१३ मा युनिस्कोमा सूचीकृत पबित्र सम्पदा पनि हो ।
जापानमा बर्षभरमा औषत १५ सय पटक र दैनिक औषत ४ पटक भुकम्प जाने गर्छ । ६÷७ म्याग्निचिउडको भुकम्प जापानको खातिर सामान्य मानिन्छ । तथापि, नेपालमा जस्तो भुकम्पले तहसनहस गर्न सक्दैन । भौतिक संरचना भुकम्प प्रतिरोधीरुपमा निर्माण गरिएको हुदा क्षेति नभएको हो । यसवाट भुकम्पको कारणले मात्र नभई हामीले निर्माण गरेको संरचनाको कारण जनधनको क्षेति हुन्छ जान्छ भन्ने कुरा केही हद सम्म जापानले पुष्टि गरेको छ । तथापि, प्रकृतिले चायो भने मानबको कुनै दैया चल्दैन भन्ने तथ्य सन् २०११ मार्च ११ मा टप्एिको ९ म्याग्निचिउडको भुकम्पले देखाएको छ । भूकम्प र तत् पश्चात आएको सुनामीका कारण कूल १५,८९४ मानिसको ज्यान गएको थियो भने ६,१५० घाईते भएका थिए ।
सुनामी जापानको प्राकृतिक दुस्मन मानिन्छ । सुनामी रोक्न ५ तल्ले अग्लो पर्खाल बनाईने गरिए तापनि ठूलो पर्खालले पनि प्रकृतिको दबाब थेग्न नसकेको दृष्टान्त छ । आज भन्दा ७ बर्ष टोकियोमा आएको सुनानी त्यसको ताजा सबुत हो । जुन सुनामीका कारण कहियनको ज्यान गुम्नुको साथै ३६० अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षेति भएको थियो ।
जापानमा २०० अधिक सक्रिय ज्वालामुखी रहेको मुलुक हो र जुनसुकै बेला बिस्पोट हुने जोखिम छ । माउन्ट आसो त्यस्तै सक्रिय ज्वालामुखी मध्येको एक हो । बैज्ञानिकहरुले जुन सुकै बखत बिष्पोट हुन सक्ने औल्याएका छन् । सन् २०१४ सेप्टेम्बर २७ मा क्युसु दिपको माउन्ट ओन्टाकेमा ज्वालामुखी बिस्कोट हुदा ६३ जनाको ज्यान गुमेको थियो ।
जापानको पहिचान दिने अरु थुप्रै चिजबिज, घटना तथा परिघटनाहरु छन् । सन् १९५५ मा ग्याटमा हस्ताक्षर ग–यो । सन् १९५६ डिसेम्बरमा संयुक्त राष्ट्र संघको सदस्य बन्यो । सन् १९५७ मा सुरक्षा परिषदको सदस्य बन्यो । त्यस्तै चीन, ताईवान र कोरिया प्रायद्धीप माथि पकड जमाएको नजिर छ । रुस जस्तो भिमकाय मुलुकलाई युद्धमा परास्त गरेको सान छ । युरोपीयन कुनै मुलुकलाई एशियाली मुलुकले परास्त गरेको यो पहिलो परिघटना थियो । सबै भन्दा धेरै नोबेल पुरुस्कार प्राप्त गर्ने इतिहास रचेको छ । हालसम्म बिभिन्न बिधाहरुमा पटक २६ पटक नोभेल पुरुस्कार प्राप्त गरिकको बिरासत छ । दोस्रो बिश्वयुद्धमा अमेरिका संग पराजय बेहोरे तापनि कुनै बैरभाव नसाँधि उसैसंग हातेमालो गरि पछिल्लो ७३ बर्षमा लोभलाग्दो तरक्कि गरेको छ ।
सामाजिक
कुनै पनि मुलुकको सामाजिक संरचनाले त्यस समाजको चरित्रको प्रतिनिधित्व गर्दछ । कुनै मुलुकले मान्ने धर्म, संस्कृति, रितिरिवाज, चाडवाड, खानपिन, सोचाई, मूल्य, मान्याता आदि सामाजिक संरचनाका आयामहरु हुन । त्यसो तजापानीहरु को हुन ? उदभब स्थल कहाँ हो ? कहाँवाट आएका हुन ? भन्ने सन्दर्भमा मतमतान्तर रहेको छ । जापानमा चिनीयाँ संस्कृतिको प्रभाब परेता पनि उनीहरु न त चिनीयाँ हुन न त मञ्चु नै । ठेट उत्तर अन्बेशण र इतिहासको गर्भमा छ । तथापि, एशिया महाद्धिपवाट आएर बिभिन्न द्धिपहरुमा बसोवास गरेका हुन भन्ने बहुमान्य धारण छ । कोरियावाट २ हजार बर्ष पूर्ब एक जाती क्युसुमा आई सफलता प्राप्त गरे पछि होन्शुद्धिपको यामतोमा बसोवास गरेको बताइन्छ । जापानीहरुको कोरियालीहरु संग धेरै कुरा मिल्दछन पनि । कतिपय बिद्धानले यिनीहरुलाई मलायन, काकेशियन, मंगोलीयनको बंशज पनि ठान्दछन् ।
इसापूर्ब एक सताब्दी पूर्व ‘यायोई’ नामका मंगोलहरुले माटोका भाँडाकुडा बनाउने गरेको हुदा जापानलाई कुम्भकारको मुलुकको संज्ञा दिइन्थ्यो । जापानमा माटोको भाडा यति धेरै हुन्छन कि तिनीहरुलाई साधारणता बर्गिकरण गर्न कठिन जस्तै हुन्छ, यी मध्ये कतिपय सजावटका लागि बनाईको हन्छ भने कति घरेलु प्रयोयको लागि । कुम्भकारको शिप र पेशा बषौं देखि चल्दै आएको मात्र छैन, प्रत्येक पुस्ताले उक्त सिपमा नबितना थप्दै आएका छन् ।
जापान धार्मिक र सांस्कृतिक सहिष्णुता कामय भएको मुलुक मानिन्छ । जापानमा शिन्तो, बौद्य र क्रिस्चियन धर्माबलम्बीहरुको वाहुल्यता रहेको छ । जहाँ श्न्तिो धर्म ५१.८ प्रतिशतले, बौद्ध धर्म ३४.९ प्रतिशतले र क्रिश्चियत धर्म २.३ प्रतिशत मान्दछन् । तथापि बौद्ध, इसाई र अन्य धर्माबलम्बी समेत शिन्तोवादी मानिन्छन् । धार्मिकरुपमा सेतो रङलाई पबित्र ठानिन्छ भने शिन्तो मन्दिरमा कागजलाई पबित्र बस्तुको रुपमा लिइन्छ । जातका हिसाबले ९८.५ प्रतिशत जापानी(हेपबर्न), ०.५ प्रतिशत कोरियन, ०.४ प्रतिशत चाईनिज र ०.६ प्रतिशत अन्य जातजाती बसोवास गर्दछन ।
जापान बहुभाषिक मुलुक पनि हो । जापानमा मातृभाषा ‘राईक्युजन’ को अलवा आईनु, बोनिन, निम्क, ओरक लगायतका भाषाहरु बोलिन्छ । तथापि, जापानीहरु मातृ भाषालाई उच्च सम्मान गर्दछन । मातृ भाषामा पढाई गर्नुले पनि उक्त कुरा उजागर गर्दछ । १२६ मिलियन जापानीहरुले मातृ भाषा बोल्नु चानचुने कुरा होईन । तथापि, बिश्वमा बोलिने प्रमुख ९ भाषाहरु जापानमा नबोलिने होईन । बोलिन्छ ।
हरेक मानब समुदायमा आमोदप्रमोद र मनोरञ्जनका बिबिध बिधा, सांस्कृति र परम्पराहरु हुन्छन । अर्थात मनोरञ्जनका लागि देशपिच्छे पृथक पृथक चाडपर्ब मनाउने गरिन्छ । र, गित–संगित, नाच–गान, नाटक, खेलकुद, चलचित्र मनोञ्जनका आमबिधाहरु हुन । जापानमा परम्परागत चाडपर्ब, गित–संगित, नाटक, खेलकुदको यथेष्ट जर्गेना भएको छ । अपत्यारिलो कुरो चै जापानभर करिब १ लाख प्रकारका चाडपर्बहरु रहेका बताइन्छ । र, ती चाडपर्ब मध्ये कम्तिमा एउटा चाड कुनै पनि समुदायले मनाउदछ पनि । नाचको हकमा मास्क लगाएर नाचिने परम्परागत नाच जापानमा निकै लोकप्रिय मानिन्छ । त्यसो त जापानमा मास्क लगाएर नाचिने नाच दर्जनौं प्रकारका छन् । जापानीहरु नाटक मञ्चन गर्न र थ्रेटरमा पुगेर नाटक हेर्न उद्धेलित हुन्छन । जापानमा मञ्चन हुने नाटक मध्ये “कुवाकी” बिशेष लोकप्रिय मानिन्छ ।
जापानिजहरु नयाँ बर्ष र क्रिशमस धुमधामका साथ मनाउद छन् । क्रिशमसमा केएफसीको खाना खान रुचाउछन भने नयाँ बर्षको स्वागतमा जनवरी १ मा १०८ घण्टी बजाउछन् । जापानमा १२० बर्ष देखि चलचित्र निर्माण हुदै आएको मात्र छैन बर्षेनी ४०० बढि चलचित्र निर्माण हुने गरेका छन् । जापानीहरु मुलतः सुमो, बेसबल, किन्डो, जुडो, कराँटे, एकिडो जस्ता खेल खेल्न त्यति कै रुचाउछन । अनुकरणीय कुरा चै परम्परागत गित, संगित, नाटक, खेलकुदलाई पर्यटन क्षेत्र संग जोडेर ब्यावसायिक गर्न जापान चुेकेको छैन् ।
जापानिस संस्कृतिका अन्य आयमहरु पनि छन । जापानीजहरु आफु बुजु्रक र जेष्ठ नागरिकलाई इज्ज्त तथा सम्मान दिन हिचकिचाउदैनन । मान्यजन वा आदरणीय ब्यक्ति समक्ष निहुरिनु कर्तब्य ठान्दछन् । अथितिलाई हदै सम्म झुकेर सम्मान तथा सत्कार गर्दछन । सकभर गल्ति गर्दैनन, गल्ति भईहाल्यो भने स्वीकार गर्न किमार्थ आनाकानी गर्दैनन् । यसोत जापानमा “सरी” भन्ने तरिका २० भन्दा अधिक छन । यसवाट जापानीहरु कति नम्र स्वभाबका हुन्छन र बुज्रुकलाई आदर अर्पण गर्न किन्चित हिचकिचाउदैनन भन्ने सबुत मिल्छ ।
हरेक वालबच्चालाई अभिभाबकले प्रयाप्त समय दिनुपर्छ, समय नदिएमा बच्चाको मानिसिकतमा नकारात्म प्रभाब पर्छ भन्ने कुरा जापानीहरु राम्रो संग बुझेका छन् । र, अभिभाबकले बच्चबच्चिलाई प्रयाप्त समय दिन्छन । बृद्धा अबस्थामा सन्तानवाट जापानीहरुले प्रयाप्त माया, आदर र हेरचार प्राप्त गर्नुको एउटा कारण, यसलाई पनि मानिन्छ ।
जापानीहरु फन्टुस कुरा मन पराउदैनन । मनोरञ्जनात्मक भन्दा सृर्जनशिल कुरा प्रति दिलचस्पी राख्दछन् । अखवार कै कुरा गर्ने हो भने नेपाल वा भारतको अखवारले जस्तो जापानी अखवारहरुमा राजनैतिक वा फिल्मी कुराको चियोचर्चो हुदैन । केवल बिकास, उत्पादन र सृजनशील कुराले मात्र अखवारमा स्थान प्राप्त गर्दछ ।
मानबीय
मानब संसाधनक कुनै पनि मुलुकको तरिक्कीको मुल आधार मानिन्छ । जापानको तरक्कीका मुल चुरो मिहनती, लगनशील र सिर्जनशील मानब संसाधन नै हो । जापानीहरु कार्य स्थललाई मन्दिर र कार्यलाई पुजा ठान्दछन् । हद भन्दा बढि काम गर्न जापाजिनहरु पछि पर्दैनन । मिहनत र तिक्ष्णताको कारण प्राकृतिक सम्पदाका अभाबकाका बाबजुध पनि जापान बिश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सकेको हो । काममा अधिक खटने हुदा छोटो यात्राको मेट्रोमा समेत अक्सर सुत्दछन । नेपाल भारतमा कार्यस्थलमा सुत्नुलाई अन्यथा लिइन्छ । ठगको सज्ञा दिइन्छ । तर जापानमा कार्यस्थल २०÷३० मिनट सुत्नु आम कुरा मानिन्छ । कार्यस्लमा थोरबहुत सुतेर फ्रेस हुन छुट छ । स्मरण रहोस जापानको कूल १२ करोड ७० लाख जनसंख्या मध्ये सक्रिय श्रमशक्ति ६.५० करोड रहेको छ ।
कुनै मुलुक जनताजर्नादन के कति सम्पन्न छन । जीबनको स्तर कस्तो छ भन्ने कुरा मानब बिकास सूचकांकले उजागर गर्दछ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम(युएनडिपि) ले प्रत्यके बर्ष हरेक मुलुकको मानब बिकासको अबस्था प्रकाशन गर्दै आइरहेको छ । सन् २०१७ मा कूल १८८ मुलुक्हरु मध्ये जापान १७ औं स्थानमा रहेको छ । जहाँ कूल १ अंक मध्ये ०.९३ अंक प्राप्त गरेको छ । जहाँ ०.८८७ भन्दा अधिक स्कोर प्राप्त गर्ने मुलुकलाई उच्च मानब बिकास भएको समुहमा राखिएको छ । प्रष्तुत तथ्यांकवाट जापनको मानब बिकास अबस्था अल्लब रहेको पुष्टि हुन्छ । मानब बिकासको अबस्था राम्रो हुनु भनेको, शिक्षा, स्वास्थ्य, आभाष, रोजगारीको अबस्था राम्रो हुनु हो । स्वभाबिकै रुपमा मानब बिकासको अबस्था राम्रो हुदा त्यसको प्रत्यक्ष प्रभाब आर्थिक समृद्धिमा पर्छ ।
त्यसो त हरेक एक महिनाले औषत २.१ भन्दा कम सन्तान पैदा गर्दा जनसंख्याको आकारमा नकारात्मक प्रभाब पर्ने अध्ययनले देखाएको छ । तर जापानिज स्त्रीहरु काममा ब्यस्त हुदा बच्चा पैदा गर्ने लगाब राख्दैनन । जापानमा एक महिला औषत १.४ प्रतिशत मात्र बच्चा पैदा गर्दछन । यो प्रजनन दर आफैमा कम हो । सन् १८७२ मा ३.५० करोड पुगेको जनसंख्या सन् १८९४ मा ४.१० करोड पुगेको देखिन्छ । यहाँ सम्म की जापानमा बच्चा भन्दा पाल्तु जनावरको संख्या अधिक रहेको छ । यसैले जापानको जनसंख्या सन २०१२ मा १२ करोड ८० लाख रहेको २०१३ मा १२ करोड ७० करोडमा झरेकोमा हाल सम्म जहाँको त्यहि छ । यसैले प्रजनन दर १.८ प्रतिशत पुरा–याउन जापानले बिशेष प्रोत्साहनको ब्यस्था अगाडि सारेको छ ।
आर्थिक
सन् २०१७ मा जापनको कूल जिजिपि ४.८८ ट्रिलियन अर्ब अमेरिकी डलर(नोमिनल) पुगेको छ । यसहिसाबले जापान नोमिनल्ली बिश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । जापानले सेवा र औद्योगिक क्षेत्रमा निकै राम्रो तरक्कि गरेको छ । जिडिपिमा सेवा क्षेत्रको योगदान सन् २०१७ मा ७१.१ प्रतिशत र उद्योगको २७.७ प्रतिशत हुनुले यी दुई क्षेत्र सबल भएको सबुत मिल्छ । सेवा तथा उद्योगको अनुपातमा कृषि क्षेत्रको योगदान जिडिपिमा वास्तब मै न्युन छ । जुन १.२ प्रतिशत मात्र छ ।
सन् २०१७ मा जापानको जिडिपि पर क्यापिटा ३८ हजार ५५० अमेरिकी डलर पुगेको छ । जुन स्थानका हिसाबले नोमिनल्ली २० औ स्थानमा र पर्चेजिङ पावर प्यारेटीका हिसाबले २८ औै हो । बिकसित मुलुकको आर्थिक बृद्धि दर स्वभाबि कै रुपमा न्युन हुन्छ । जुन कुरा पछिल्लो पछिल्लो ५ बर्षको औषत आर्थिक बृद्धि १.१८ प्रतिशत मै सीमित हुनुवाट पुष्टि हुन्छ । त्यसमाथि जापानको आर्थिक बृद्धि सन् २०१७ मा ०.७ प्रतिशत मै संकुचित रहेको छ ।
नेपाल– जापान द्धीपक्षीय सम्बन्ध
जापान नेपाल देखि ५१०६ किलोमिटर ढाटको मुुलुक भईकन पनि जापान संगको सम्बन्ध अत्यन्त प्रगाढ छ । नेपाल जापान बीच सन् १९५६ जुलाई २८ मा दौत्य सम्बन्ध कायम हो र २०१७ जुलाईमा ६१ बर्ष पुरा भएको छ । जापानले जाईका र जापान के २ का नामवाट सहयोग उलब्ध गराउदै आईरहेको छ । महत्वपूर्ण कुरा चै बिगतमा सबै भन्दा अधिक सहयोग पहायता उपलब्ध गराउने द्धीपक्षयी बिकास साझोरमा जापान सबै भन्दा अगाडि रहेको नजिर छ । जापानको सहयोगमा निर्माण भएका धरोहरहरु अहिले पनि गर्ब गर्न लायक छन् । उदयपुर सिमेन्ट कर्णाली पुल, नयाँ बसपार्क, त्रिबिशिक्षण अस्पताल, बनेपा–बर्दिवास, कोटेश्वर– सूर्य बिनायक सडक त्यसका जीबन्त सबुतहरु हुन । उदपुर सिमन्ट कारखाना सार्बजनिक क्षेत्रको सबै भन्दा बढि लगानी रहेको उत्पादनमुलक संस्था हो भने कर्णली ब्रिज सिंगल पिलरमा निर्मित एशिया कै अनुपम पुल मानिन्छ । त्यस्तै त्रिबि शिक्षण अस्पताल नेपालको सार्बजनिक क्षेत्रको सबै भन्दा सुबिधा सम्पन्न अस्पताल कहलिन्छ भने कोटेश्वर–सूर्यबिनायक सडक हाल सम्म कै सबै भन्दा फरालिको र ब्यवस्थित सडक मानिन्छ ।
हालसालै जापानी सहयोगमा काठमाडौं–नौबिसे सुरुंगमार्ग(ऋण), मेलम्ची खानेपानी आयोजनामा(जाईका ऋण) निमाणको कार्य अगाडि बढाइएको छ । काठमाडौं उपत्यका शहरी यातायात सुधार आयोजना, भुकम्प प्रकोप पछिको पुनःस्थपना, अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा रुपान्तरण कायक्रममा प्राबिधिक सहयोग उपलब्ध छ । प्राबिधिक सहायता, काठमाडौं उपत्यका शहरी यातायात सुधार आयोजना, भुकम्प प्रकोप पछिको पुनःस्थपना, अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा रुपान्तरण कायक्रममा पनि उपलब्ध छ । स्मरण रहोस, ०१५।१६ मा कुल बैदेशिक सहायतामा जापानको एकल हिस्सा ४.२७ प्रतिशत रहेको थियो ।
जापानी समृद्धिको मुल चुरो–
सन् १९४५ मा अमेरिकालले हिरोसिमा र नाकासागीमा २ वटा परमाणु बम खसाल्दा जापान तहसनहस हुन पुगेको मात्र थिएन, २ सेप्टेम्बर १९४५ मा अमेरिका समक्ष आत्म समपर्ण मात्र गर्नु परेको थियो । जापानको संप्रभुता, होंशु होकाइडो, क्युसु र शोकोडुमा सीमित पारिएको थिएन, सैनिक बल समेत क्षिर्ण तुल्याइएको थियो ।
यसैपनि जापानको ७० प्रतिशत भुभाग उपडखापड र चट्टानी पहाड रहेको छ । अर्थात कषि योग्य भूमि ११.६५ प्रतिशत मात्र छ । त्यसमाथि २०० भन्दा बढि सक्रिय ज्वालामुखीहरु छन । दैनिक जसो ४ पटक र बर्षभरमा १५ सय पटक भुकम्प जान्छ । कोईला, फलाम, पेट्रोल, ग्याँस लगायत उद्योगजन्य प्राकृतिक स्रोत साधनको अभाब छ । तथापि, जापान बिश्वको तेस्रो ठूलो अर्थन्त्र बन्न सफल छ । मात्र १० बर्षमा त्यति ठूलो बिध्वंश कसरी पुनर्मिाण हुन सक्यो ? पछिल्लो ७१ बर्षमा के कसरी त्यतिबिघ्न प्रगति गर्न सक्यो ? प्रगतिको पछाडि के राज छ ? नेपाल जस्तो बिकासको प्यासमा छटपटाईरहेको मुलुकको लागि पठनीय नभरहन सक्दैन ।
सुरक्षा खर्च कटौति जापानी समृद्धिको प्रथम कारण हो । दोस्रोयुद्धमा भएको हारका कारण सन् १९४५ मा जापानले अमेरिका सामु आत्म सम्पर्ण गर्नु परेता पनि दुबै मुलुकले एकआपसमा बदालाको भाब साँधेनन । अमेरिकालाई जापान भन्दा रुसको बढदो शक्तिवाट त्रास थियो । सोही कारण रुसको बिरुद्धमा साझेदारी गर्न अमेरिकाले एकतर्फ जापानले पुन निर्माणमा पूर्णतया काँध थाप्यो । पुनःनिर्माणको नेतृत्व जिम्मेवारी अमेकिाका जनरल डगलर म्यार्कथरलाई दिईयो । अर्कोतर्फ जापानको सुरुक्षाको जिम्मा अमेकिाले लियो । जसको कारण सुरक्षा क्षेत्रमा जापानले कुने चिन्ता गर्नु परेन । बरु सुरक्षा क्षेत्रमा लगाउनु पर्ने खर्च उत्पादनको क्षेत्रमा लगाउने अबसर जुट्यो, जापानलाई ।
कृर्षक र श्रमिक बर्गको उठान जापानी समृद्धिको दोस्रो कारण हो । जापानले सन् १९६० महत्वपूर्ण र महत्वकांक्षी कदम उठायो । जुन कदम अनुसार कृषक र श्रमिको आय दोब्बर निर्णय ग–यो । सोही अनुसार योजना तथा कार्यहरु अगाडि सारिए । ठूला जमिदार संग भएको जमिनलाई गरिब तथा वास्तबिक किसानलाई बितरण गरियो । यसवाट कृषि उत्पादनमा उल्लेखीय बृद्धि हुन गयो । अन्ततगत्वा कर्षक र श्रमिक आय दोब्बर पु–याउने कदम सफल भयो । कृर्षक र श्रमिकको आय दोब्बर हुदा त्यसको सिधा प्रभाब राष्ट्रिय अर्थतन्त्रमा पर्न गयो ।
अथक परिश्रम, शहनशीलता, सिर्जनशीलता र बिज्ञमासंगत कार्य जापानी समृद्धिको तेस्रो हो । जापानिहरु अति मिहतनी हुन्छन । यहाँसम्म कि औषत भन्दा धेरै परिश्रम गर्दछन । यतिबिघ्नत मिहन गर्दछन कि छोटोदूरीको मेट्रोमा समय झप्प हुन्छन । कार्यस्थल मै २५÷३० मिटन उग्दा अन्यथा ठानिदैन ।
धार्मिक तथा सास्कृति सहिष्णुता जापानी समृद्धिको चौथो कारण हो । जापानम धर्म, संस्कृति, जात बीच कुनै समश्या छैन । जापानमा एक भाषा, एक संस्कृति, एक राष्ट्रको भाबना मजबुत रहेको छ । धार्मिक, सांस्कृति र सामाजिक बिसंगति हटाउन क्षेत्रमा कुनै ताकत लगानुु परेको छैन । भनिन्छ, “कुनै जापानी सिन्थो धार्मिक कूलमा जन्मन्छ, किस्चियन संग बैवाहिक सम्बन्धमा बाधिन्छ र बुद्ध धर्म अशुरण गरे मृत्यबरण गर्छ ।”
कार्य वाताबरण जापानी समृद्धिको पाँचौं कारण हो । जापानमा उद्योगधन्दा, ब्यापार ब्यवसाय र लगानीको लागि आबश्यक बाताबरण निर्माण गरिएको छ । बिश्व बैंक समुहद्धारा प्रकाशित, डुईङ बिजनस प्रतिबदेन २०१८ मा १०० मध्ये ७५.६८ स्कोर सहित १९० मुलुक मध्ये ३४ स्थानमा रहनु त्यसैको दृष्टान्त हो ।
माबन बिकासको सबल अबस्था जापानी समृद्धिको छैठौ कारण हो । जापानले माबन बिकासको अबस्थालाई अब्बल दर्जामा उभ्याएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम(युएनडिपि) ले प्रकाशन गरेको मानब बिकास प्रतिबेदनमा, २०१७ मा कूल १ अंक मध्ये ०.९३ अंक प्राप्त गर्नुवाट उक्त कुराको प्रमाण मिल्छ ।
राजनैतिक स्थाइत्व, बिधिकोे शासन, आर्थिक पारदर्शिता, आत्म अनुशासन जापानी समृद्धिको सातौ कारण हो । जुन कुरा ट्रान्सपेरेन्सी ईन्टरनेशनको प्रतिबेदन, २०१७ दृष्टिगोचर गर्दा सहजै पहिल्याउन सकिन्छ । जहाँ कूल १०० अंकमा ७३ अंक सहित १८० मुलुक बीच २० औ स्थानमा रहेको छ ।
नेपालले राजनीतिक परिबर्तनका लागि ६ दशक अधिकको समय खेर फालिसेको, अहिल राजनीतिक परिबर्तन टुंगो लागि आर्थिक परिर्बनको बहस चलिररहेको र मुलुक संघीयतामा प्रबृष्ठ गरिरहेको बिशेष अबश्था छ । त्यसमाथि नेपालले सन् २०२२ सम्ममा बिकाशील मुलुकमा र सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुकमा स्तरोन्नती हुने सपना पालिरहेको छ । यससन्दर्भमा, प्राकृतिक स्रोत साधनको अभाब र प्रतिकूल परिस्थितिका वाबजुध कसरी जापानले तरक्कि गर्न सक्यो, पाठ सिक्नु आबश्यक छ ।
स्रोतः
https://wiki/Economy_of_Japan

https://wiki/List_of_countries_by_Human_Development_Index

http://facts-about-japan.com/interesting.html

https://thoughtco.com/the-us-and-japan-after-world-war-ii

http://emb-japan.go.jp/relations.html

https://japan-talk.com/jt/new/japan-culture

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *