नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा यसवर्ष ६.६६ प्रतिशतले घट्यो


अघिल्लो आर्थिक बर्ष तीन अर्ब ६५ करोड नाफा पाएको नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्ष तीन अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यसप्रकार नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ६.६६ प्रतिशतले घट्न पुगेको छ ।
यस बैंकले खुद व्याज आम्दानी ५.१२ प्रतिशतले सुधार गर्दै ६ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ । निक्षेप संकलन ९.३७ प्रतिशत हुँदा ऋणको विस्तार भने ३.९५ प्रतिशतमा रहेको छ । बैंकले आफ्ना ग्राहकहरुको एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै एक खर्ब २३ अर्ब रुपैयाँ ऋणमा लगानी गरेको छ ।
चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँबाट १२ अर्ब ८६ करोड पुग्दा प्रति शेयर आम्दानी ९ रुपैयाँले घटेको छ ।ऋण लगानीमा पछि परेको बैंकको पूँजी कोष अनुपात १२.६६ प्रतिशतबाट उकालो लाग्दै १३.६५ मा पुगेको छ भने बैंकको ब्याड डेफ्ट १.४२ प्रतिशतबाट बढेर १.७८ प्रतिशतमा पुगेको छ ।
आधार व्याजदर ९.०२ प्रतिशतबाट ८.३३ प्रतिशतमा पुगेको छ भने जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ जम्मा भएको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *