कर्णाली प्रदेशका भौतिक मन्त्री खड्कबहादुर खत्री बर्खास्त


कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलेको फेसबुक पेजमार्फत मन्त्री खत्रीलाई पदमुक्त गरिएको जानकारी दिइएको हो । फेसबुक पेजमा “माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गर्नु भएको छ । उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।“ लेखिएको छ,
ठेकेदारसमेत रहेका मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री शाहीले बिहीबार बर्खास्त गरेका हुन्। पूर्व एमालेका खत्री सु्र्खेत १ (ख) बाट निर्वा्चित भएका हुन् ।
यसअघि उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै दायर भएको रिटमा न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित उच्च अदालत पाटनको वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएका थिए ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *