द्रुत गतिमा अघि बढ्दै प्रभु इन्सुरेन्स नाफामा ९.८०५ ले वृद्धि, रिजर्भ पनि लोभलाग्दो

प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा भन्दा ९.८०५ ले नाफा बढाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा भने २६ करोड ६२ लाख १३ रुपैयाँ नाफा कमाएको थियो । इन्सुरेन्सले अघिल्लो आवको सोही अवधिमा २४ करोड २२ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्ष ४६ करोड १४ लाख रुपैयाँ खुद बिमा शुल्कबाट आर्जन गरेकोमा खुद बिमा शुल्क पनि ९.११५ ले बढाएर ५० करोड ३५ लाख पुर्याउन सफल भएको छ ।
यस इन्सुरेन्सले चुक्ता पुँजी पनि ४६५ ले बढोत्तरी गर्न सफल भएको छ । अघिल्लो वर्ष ६८ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको प्रभुको यो त्रैमाससम्म आइपुग्दा बढेर १ अर्ब ५ लाख पुगेको छ । कम्पनीले रिजर्भ कोष पनि १०१.७५५ ले बढाउन सफल भएको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *