मुनाफामा अग्रसर प्रभु बैंक


अघिल्लो वर्ष ९६ करोड ७० लाख रुपैयाँ कमाएको प्रभु बैंक लिमिटेडले गत आव २०७५÷७६ को चौथो त्रैमाससम्म पुग्दा खुद नाफा २ अर्ब ५ करोड ५ लाख रुपैयाँ प्राप्त गरेको छ । जुन गएको वर्षको यही अवधिको तुलनाभन्दा ११२ दशमलव ०४ प्रतिशतले वृद्धि हो । ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकको रिटर्न अडिङ्ग १ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ र जगेडामा ३ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी ६२ दशमलव १३ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६४ दशमलव ३९ प्रतिशतले बढेर २ अर्ब ८६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले निक्षेपमा १५ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १ खर्ब १२ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ८६ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लगानी गरी १९ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *