नेशनल माइक्र्रोफाइनान्स वित्तिय संस्थाद्धारा बाढिपिडतप्रभावित सदस्यलाई राहतवितरण सम्पन्न

नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढिले प्रभावित तथा क्षति पुगेका ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखाकार्यालयहरु सिम्रौनगढ, सपहि, सन्तपुर, हरीपुर,गोडैता, हरीपुर्वा, रामगोपालपुर,जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरीगरि ११ वटा शाखा कार्यालयका कुल १,२०० जना घरपरिवारलाई २५लाख बराबरको जनहि १ बोरा चामल, दाल २ किलो, खानेतेल १ लि, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, भुजा १किलो, दालमोठ १ प्याकेटका दरले बितरण गरिएको थियो ।
राहतवितरण कार्यक्रम प्रदेश र स्थानिय स्तरका जनप्रतिनिधी, समाजसेवी, राजनीतिककर्मी, सुरक्षानिकायको रोहवरमा गरिएको थियो ।
संस्थाको सेवा हाल सात प्रदेशमा ५० वटा शाखा कार्यालय मार्फत भइरहेको छ । यसको ८० हजार सदस्य, लगानीमा रहेको कर्जा ३ अर्ब ७५ करोड र बचत १ अर्ब २८ करोड रहेको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *