गण्डकी विकास बैंकको थप ४ शाखा सञ्चालनमा

गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं , मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी र बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेका छन् । यस संगै बैंकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नेपालको पूर्व देखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले जानकारी दिनुभयो ।
यस संगै बैकका ९६ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा प्रदान हुनेछ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै ब्द्यद्यक्, ब्त्ः, भ्ऋऋरक्ष्एक्,ऋ(ब्क्द्यब्, ःइद्यक्ष्ीभ् बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकले आ.व. २०७५÷७६ मा संचालन मुनाफा रु. ९५ करोड ३५ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २९ अर्ब ९२ करोड र कर्जा तर्फ रु.२५ अर्ब ८८ करोड पु¥याएको छ । भने बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *