आगनी फाउण्डेसनद्धारा नारीरत्न सम्मान तथा तिज विशेष कार्यक्रम सम्पन्न

महिलाहरुको अन्तर्निहित प्रतिभा प्रष्फुटित गराउँदै आम नारीहरुलाई तिजको अवसर पारेर आगनी फाउण्डेसनले मिडिया इन्टरनेसनल र रेडियो भ्वाइस अफ नेपालसँग मिलेर नारीरत्न सम्मान २०७६ तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर मुलुकको विकास र समृद्धिका लागि योगदान पु¥याउँदै आइरहेका विभिन्न क्षेत्रका नारीहरुलाई उक्त सम्मान प्रदान गरीएको हो ।
सम्मानीत हुनेहरुमा स्वास्थ्यकर्मी डा. प्रतिक्षा लम्साल, युवा अभियन्ता दिपिका आचार्य, रेडियो जक्की रक्षा ढुंगाना, साहित्यकार चित्रा कोइराला, साहित्यकार मन्जिला शर्मा उप्रेती, सौन्दर्यकर्मी निशा राना, बीमा अभियन्ता सगुन लुईटेल, महिला उद्यमी सरिता श्रेष्ठ, नर्स श्रेया भट्टराइ तथा बरिष्ठ नृत्य निर्देशक सुनिता बस्नेत रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिको भुमिकामा नेपाली चलचित्रकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, डिल्लीबजार कन्या क्याम्पसकी प्रध्यानाध्यापक अपराजिता अर्याल, डेन्स इन्टरनेसनल सेकेण्डरी स्कुलकी उप प्रध्यानाध्यापक ललिता मैनाली लगायतको सहभागिता थियो । कार्यक्रममा तीज विशेष सांस्कृतिक एवं दरखाने कार्यक्रम समेत राखिएको थियो । कार्यक्रमको अध्यक्षता आगानी फाउण्डेशनकी अध्यक्ष अपेक्षा ढुंगानाले गर्नभएको थियो ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *