टान निर्वाचन : खुमबहादुर सुवेदीको प्यानल व्यवसायीको रोजाई

सन् १९७४ मा स्थापित भएर अनगिन्ति आरोह र अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले व्यावसायिक, आर्थिक र सामाजिक रुपमा एउटा उचाइ मात्र हासिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य थुप्रै संस्थाहरूभन्दा पृथक मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ ।
ट्रेकिङ व्यवसायीहरूको एकमात्र छाता संगठन टानको ४१ औँ वार्षिक साधारणसभा एवम् नयाँ कार्यसमिति निर्वाचनका लागि खुम बहादुर सुवेदीको प्यानललाई व्यासायीक प्यानलका रुपमा अघि सारीएको छ । जसलाई पर्बतारोहण संघ, पर्यटन परिषद लगायतका संघसंस्थाहरुले अघि सारेका छन् । टान निर्वाचन २०१९ का लागि खुमबहादुर सुवेदी नेतृत्वको साझा, सशक्त, समावेशी र सक्षम उम्मेदवारहरुको संक्ष्प्ति परीचय :

१. खुमबहादुर सुवेदी, अध्यक्षका प्रत्यासी
टे«किङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । २०४९ सालमा टे«किङ गाइड हुँदै पर्वतिय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी टानको पूर्व कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँ पर्यटन व्यवसायी मात्र हुनुहुन्न, नियात्राकार समेत हुनुहुन्छ । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक सुवेदीलाई आम पर्यटन व्यवसायीहरु आँखामा राखे पनि नबिझाउने व्यक्तित्वका रुपमा चित्रित गर्ने गर्छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसक्नुभएका धादिङ, ज्वालामुखीका सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ सामाजिक सेवामा कृयाशील ह्यान्ड इन ह्यान्ड नेपालका समेत अध्यक्ष हुनुहुन्छ । पर्वतिय पर्यटन व्यवसायीहरुमाझ निकै लोकप्रिय उहाँको बहुआयामिक व्यक्तित्व, मिलनसारिता र संस्थागत अनुभव नै उहाँको विजयको आधार रहेकोमा आममतदाता विश्वस्त देखिन्छन् ।

२. नवीन त्रिताल, उपाध्यक्षका प्रत्यासी
बरिष्ठ उपाध्यक्षका प्रत्यासी नवीन त्रिताल एक्सपिडिसन हिमालय डटकम प्रा.लि. का प्रबन्ध निर्देशक हुनुहुन्छ । त्रिताल समय परिस्थिति अनुसार कडा र नरम दुवै हुन सक्ने लिडरसीप क्वालिटीका धनि हुनुहुन्छ । पूर्व नेपालको संखुवासभाबाट राजधानीमा आएर उहाँले व्यवसायिक सफलतामात्र हात पार्नुभएको छैन, पर्वतिय पर्यटन क्षेत्रमा आफ्नो अलग्गै स्थान समेत बनाउन सफल हुनु भएको छ । संयुक्त राज्य अमेरिका, रसिया, सिंगापुर, मलेसियालगायत अन्य थुप्रै देश भ्रमण गरी पर्यटन विकासका अनेक सुत्र हिल्याउनु भएका उहाँको विजयको टानको नेतृत्व थप प्रभावकारी हुनेछ । सन् २००० मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका त्रितालले स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

३. चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षका प्रत्यासी
प्रथम उपाध्यक्षका प्रत्यासी चोलेन्द्रबहादुर कार्की २०४४ असार १७ गते सोलुखुम्बु, दुधकोशी–३, बासामा जन्मिनुभएको हो । मानविकीमा स्नातकसम्मको अध्ययन गर्नुभएका उहाँ हिमालयन जोय एडभेन्चरका प्रबन्ध निर्देशक हुनुहुन्छ । सम्पदा गार्डेन होटलका संचालक समेत रहनरभएका उहाँ २०६० सालमा पर्यटन क्षेत्रमा आउनुभएको हो । पोर्टर, गाइड हुँदै यो क्षेत्रमा जम्दै गर्नुभएका उहाँका विशेष रुची समाजसेवामा छ । एड फर नेपाल र सुतार कार्की समाजका केन्द्रिय अध्यक्ष कार्की लायन्स र किवानीज क्लवमा पनि आवद्ध हुनुहुन्छ । नेपाली पर्यटन प्रवद्र्धनका लागि स्वीट्जरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स नेदरल्यान्ड, चीन, जापान, सिंगापुर दुवईलगायतका देशहरुको भ्रमण गरिसक्नुभएका कार्की युवा जोश, जाँगर र उत्साहले भरिपूर्ण हुनुहुन्छ । उहाँकोे विजयको मुख्य आधार पनि त्यहि हो ।

४.भरत सापकोटा, द्धितिय उपाध्यक्षका प्रत्यासी
द्धितिय उपाध्यक्षका प्रत्यासी भरत सापकोटा युवापुस्तामाझ निकै लोकप्रिय हुनुहुन्छ । लायन्स क्लव अफ नेपाल एभरेस्टका पूर्व अध्यक्ष सापकोटा व्यवसायमामात्र होइन, समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सन् २००१ मा पर्यटनमा प्रवेश गर्नुभएका नेत्रावती, टोड्के, धादिङ निवासी सापकोटा हेल्पिङ ह्यान्डस् फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुनुह्ुन्छ । पर्यटन सेवा संघमा सदस्य र कोषाध्यक्षको अनुभव हाँसिल गरीसक्नुभएका उहाँ ब्रेकफ्री एडभेन्चर्स र हिमालयन लक्जुरी होलिडेजका प्रबन्ध निर्देशक हुनुहुन्छ । संयुक्त राज्य अमेरीका, बेलायत, अस्ट्रेलिया, स्विट्जरल्याण्ड, जर्मनी, फ्रान्स, रसिया, भुटानसहित दुई दर्जन देशको भ्रमण गरी अन्तराष्ट्रिय पर्यटनलाई समेत गहिरो गरी बुझ्नुभएका उहाँ टिम्स तथा टान कार्यलय व्यवस्थापनको लागि सफ््वयेर डेभलपमेन्टमा जोड दिनु हुन्छ । पुराना रुटहरुको प्रवद्र्धन र नयाँ रुटको खोजी गदै नेपाली पर्वतिय पर्यटनलाई नयाँ उचाइमा लैजाने उहाँको इच्छालाई अनुमोदन गरी मतदाताले उहाँलाई विजयी गराउने छन् ।

५ कर्मा शेर्पा महासचिवका प्रत्यासी
टान निर्वाचन २०१९ मा महासचिव पदका उम्मेदवार कर्मा शेर्पा हिमाली जिल्ला सोलुखुम्बुको दुर्गम ग्रामिण भेग टाक्सिन्दुमा मध्यम परिवारमा जन्मिएका कष्टपूर्ण संघर्षका साथ सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । बहुआयामिक व्यक्तित्वका धनि, ब्यवस्थापन शंकायमा स्नातक उत्तिर्ण शेर्पाले नेपालको पदर्माग प्रचार प्रसारकालागि फ्रान्स स्विटजरल्याण्ड, थाईल्याण्ड ,अमेरिका, क्यानडा र जर्मन लगाएत दर्जनौ देशको भ्रमण गरिसक्नु भएको छ । पदयात्रा ब्यवसायमा अन्तराष्ट्रिय अभ्यासलाई समेत लागु गर्ने क्रममा रहनुभएका शेर्पा नोम्याड नेपाल टे«क्स एण्ड एक्सिपिडिसनका प्रवन्ध निर्देशक हुनुहुन्छ ।
शेर्पा समुदाय र पर्यटन ब्यवसायमा मात्र शेर्पाको लोकप्रियता सिमित छैन । समाजसेवा, शिक्षा, सञ्चार स्वास्थ्य र ग्रामिण विकासमा शेर्पाको भूमिका अतुलनिय छ । पूर्वी नेपालकै रेडियो हिमाल एफ एम को संस्थापक एवं महासचिव भएर कुशलता पुर्वक नेतृत्व गरिरहनु भएको छ भने हिमाली जिल्ला सोलुखुम्बुको प्रतिष्ठित निजी स्कुल ह्वाईट हिल्स सेकेण्डरी स्कुलको हध्यक्ष समेत रहनु भएको छ । वहाँले नेतृत्व प्रदान गरेका यी व्यवसाय निकै सफल रहेका छन् । गरिव र दुखिहरुको सेवाकालागि गैह्रसरकारी संस्था द स्मल वल्र्ड सञ्चालन गरेर ग्रामिण मानविय विकासमा वहाँले उल्लेखनिय योगदान दिइरहनु भएको छ । विभिन्न स्थानमा छात्रावासहरु स्थापना गर्नुका अतिरिक्त बार्षिक सैयौँको संख्यामा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति उपलब्ध गराएर उज्यालो जीवन प्रदान गरिनु भएको छ ।
ईमान्दारीता र समर्पणको पर्याय कर्मा शेर्पाको जीवन पूर्णरुपमा पर्यटन र समाजसेवामा नै समर्पित छ । ब्यक्तिगत स्वार्थमा कहिल्यै पनि नअल्झिने शेर्पाको लोककल्याणकारी कर्मले वहाँ सबैको मनमस्तिष्कमा बस्न सफल हुनुभएको छ । स्पष्ट दृष्टिकोण, सरल जीवनशैली, सबैसँग घुलमिल हुन सक्ने, सबैको भावना बुझ्ने र प्रष्ट बक्ता भएका शेर्पाको जीत सुनिश्चित रहेको आम पदयात्रा पर्यटन व्यवसायिको बुझाई छ ।

६. सचिवका प्रत्यासी प्रदीपकुमार घिमिरे

सेन्ट्रल हिमालय टे«क्स एक्सपिडिसनका संचालक हुनुहुन्छ । उहाँ सन् १९९६ देखि २०१० सम्म ट्रेकिङ गाइडको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसक्रममा उहाँले नेपालका अनेक पहाडहरुको यात्रा मात्र गर्नुभएन, त्यहाँका समस्या र सम्भावनाबारे पनि गहिरो गरी बुझ्ने अवसर प्राप्त गर्नुभयो । नेपालको पर्वतिय पर्यटनको विकासका लागि लायन्समा समेत आवद्ध दोलखा निवासी उहाँको त्यो गहिरो अनुभव टानकै लागि ठुलो सम्पति मान्न सकिन्छ । टान सचिवका रुपमा उहाँले पहाडी अनुभवमा आधारीत आफ्ना आइडियालाई प्रभावकारी रुपमा प्रयोग गर्नुहुनेछ भन्ने आम मतदाताले अपेक्षा गरेका छन् ।

७.ऋतु म्याग्दान ,कोषाध्यक्ष्की प्रत्यासी
(टान) निर्वाचन २०१७ मा सबैभन्दा बढी मत ल्याएर महिला सदस्य बन्नुभएकी ऋतु म्याग्दानले टान ज्वाइन्ट ल्होसार कल्चर प्रोग्राम र टान इन्टरनेशनल लाङटाङ म्याराथनकी संयोजक भएर आफ्नो कार्यकुशलता प्रमाणित गरीसक्नुभएको छ । व्यवस्थापनमा स्नातक रसुवाकी ग्याम्दान एकाध महिला ¥याफटिङ इन्स्ट्रक्टर मध्येकी एक हुनुहुन्छ । ट्रेकिङ गाइड र कायाकर समेत रहनुभएकी उहाँ नेपाल फिमेल गाइड प्रालिकी प्रबन्ध निर्देशक हुनुहुन्छ । सेलिबे्रटी वुमनहुड नवदेवी सम्मान २०७० बाट सम्मानित नेपाल उस्सु महासंघकी केन्द्रिय सदस्य समेत रहनुभएकी उहाँसँग पर्यटन सेवा संघको सचिवको पनि अनुभव छ । लामो समयदेखि टे«ड युनियनमा समेत आवद्ध उहाँ महिला सशक्तिकरण, अशक्त बालबालिका, पर्यटन आदि क्षेत्रमा सकृय ग्रामिण प्रगती समाज रसुवाकी अध्यक्ष समेत हुनुहुन्छ । रसुवा नुवाकोट पर्यटन समाजकी सहसचिव समेत रहनुभएकी ग्याम्दानको सकृयता लोभलाग्दो छ । लायन्समा पनि उत्तिकै सक्रिय उहाँको विजय महिला सशक्तिकरणको दिशामा महत्वपूर्ण पाइला हुनेछ ।

८. सुर्यकुमार श्रेष्ठ, सह कोषाध्यक्षका प्रत्यासी
सह कोषाध्यक्षका प्रत्यासी सुर्यकुमार श्रेष्ठ हिमालयन ट्रेकिङ एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । १५ वर्षदेखि पर्यटनमा रहनुभएका उहाँ व्यवसायसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । खासगरी विधालयहरुमा सहयोग गर्नुभएका उहाँ अनेकौं पटक सम्मानित भइसक्नुभएको छ । स्नातक उतिर्ण धादीङ निवासी श्रेष्ठसँग भारत, चिन, बंगलादेशलगायतका देशहरुको भ्रमण अनुभव रहेको छ । टानलाई व्यवसायिक संस्थाको रुपमा बलियो बनाउने उदेश्यसहित उहाँ सहकोषाध्यक्षको प्रत्यासी हुनुभएको छ ।

९. खोमराज अधिकारी (संतोष), सदस्यका प्रत्यासी
सदस्याका प्रत्यासी खोमराज अधिकारी (संतोष) एडभेन्चर मास्टर ट्रेक एन्ड एक्सपिडिसन्का प्रबन्धक निर्देशक हुनुहुन्छ । डेढ दशकअघि पर्यटनमा प्रवेश गर्नुभएका उहाँ व्यवसायका साथसाथै पवित्र सेवा समाज, भंगेरी मठ मन्दिर समाज, नेपाल इन्टिग्रेटेड डेभलपमेन्ट एशोसिएसन आदि मार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुुन्छ । अस्ट्रेलिया, बेलायत, स्विट्जरल्याण्ड। फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसियन, सिंगापुर, मलेसिया आदिको यात्रा गरिसम्नुभएका धादिङनिवासी अधिकारी टिम्स व्यवस्थापन, नयाँ रुटहरुको खोजी र खस्कँदो अवस्थाको टानलाई नयाँ उचाई दिने कुरामा विशेष जोड दिनु हुन्छ । उहाँको विजय टानमा नयाँ पुस्ताको आगमन र सम्मान दुवै हो ।

१०. सिम्बिर घले, सदस्याका प्रत्यासी
सदस्याका प्रत्यासी सिम्बिर घले हिमालय भ्यु टे«क्सका प्रबन्ध निर्देशक हुनुहुन्छ । रुवी भ्याली, धादिङका घले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । गीत संगीतमा रुची मात्र होइन, परिआए नाच्न गाउन समेत पछि नपर्ने घले साथीभाइमाझ निकै लोकप्रिय हुनुहुन्छ । सन् १९९९ मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ सामुहिक सक्रियतामा विश्वास राख्नु हुन्छ । पोर्टरको रुपमा यो क्षेत्रमा आउनु भएका घले टे«किङ गाइड हुँदै कम्पनी मालिक हुनुभयो । नेपाली पहाडका चप्पाचप्पा चहार्दाका अनेक अनुभवले धनी घलेको विजय पर्वतिय पर्यटन क्षेत्रमा नयाँ पुस्ताको सशक्त र सकारात्मक हस्तक्षेप हुनेछ ।

११. सोनाम ग्याल्जेन शेर्पा, सदस्याका प्रत्यासी
सदस्याका प्रत्यासी सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्बु, गार्मा निवासी हुनुहुन्छ । एशियन अल्पाइन टे«क्स एन्ड एक्सपिडिसनका प्रबन्ध संचालक शेर्पा टिम वर्कमा विश्वास गर्न हुन्छ । पर्वतिय पर्यटनमा शेर्पाको शानलाई टानमा गएर अझ चम्किलो बनाउने उहाँको उदेश्य छ । ‘म होइन, हामी’को भावना र व्यवहारले मात्र समग्र पर्वतिय पर्यटन क्षेत्रको विकास गर्न सकिने उहाँको विश्वास नै यस पटक उहाँको विजयको सबैभन्दा ठुुुलो आधार हो । शेर्पाले जर्मनी, इटाली, बेलायत, क्यानडा, भारत, चिन, अस्टे«लिया, अस्ट्रेलियालगायत झन्डै दुई दर्जन देशहरुमा भ्रमण गरेर नेपालको पर्यटन प्रचारप्रसार गरिसक्नुभएको छ । उहाँ अध्याक्ष रहेको हिमालयन केयर फाउन्डेसससनले सयभन्दा बढी स्कुलमा भवन निर्माण र चार सय भन्दा बढी गरीब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।

१२.कान्छा शेर्पा, सदस्यका प्रत्यासी
सदस्याका प्रत्यासी कान्छा शेर्पा निमा एडभेन्चर टे«क्स एन्ड एक्सपिडिसनका प्रबन्भ निर्देशक हुनुहुन्छ । सन् १९९९ मा क्लाइम्बिङ शेर्पाबाट सरु उहाँको पर्यटन करिअर टे«किङ गाइड र क्लाइम्बर हँुदै अगाडी बढ्यो । नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला आठवटामध्ये सगरमाथासहित सातवटा हिमाल आरोहण गरिसक्नुभएका उहाँलाई अर्काे शब्दमा हिउँ चितुवा भन्दा पनि फरक पर्दैन । सोलुखुम्बु निवासी शेर्पाले जापान, थाइल्यान्ड, चीनलगायतका देशको भ्रमण गर्नुभएको छ । टानका समस्या बुझेर त्यसलाई हल गर्न त्यहाँ जाने उहाँको सीधा र सरल उत्तरबाट बुझिन्छ, चुनावअघि ठुलो करा गर्ने तर पछि केहि नगर्ने संस्कारविरुद्ध विजयी भएपछि उहाँले कामबाटै आफुलाई प्रमाणित गर्नुहुनेछ ।

१३. केशवप्रसाद दाहाल, सदस्यका प्रत्यासी
सदस्याका प्रत्यासी केशवप्रसाद दाहाल रेन्वो टे«क्स एन्ड एक्सपिडिसन र रेन्बो सफारी टुर्स् एन्ड ट्राभल्सको प्रबन्ध निर्देशक हुनुहुन्छ । गोरखा तान्द्राङमा जन्मिनुभएका स्नातकोत्तर दाहाल विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाबाट पटकपटक सम्मानित भइसक्नुभएको छ । रेडक्रस, लायन्सलगायतका संघसंस्थामा आवद्ध उहाँले अमेरिका र एसिया तथा युरोपका गरी दुई दर्जन देशको भ्रमण गरिसक्नुभएको छ । १९९७ मा पर्यटनमा प्रवेश गर्नुभएका उहाँको एउटै उद्धेश्य टानको गरिमा उच्च बनाउनु रहेको छ ।

१४. सनम शेर्पा, सदस्यका प्रत्यासी
सदस्यका प्रत्यासी सनम शेर्पा अल अराउन्ड टे«क्स एन्ड एक्सपिडिसनका साथै याँखो साम्बाला अपार्टमेन्ट एन्ड रेस्टुरेन्टका प्रबन्ध निर्देशक हुनुहुन्छ । जापान, जर्मनी, कोरिया, सिंगापुरको भ्रमण गर्नुभएका सनम सन् २००० देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । एसिसटेन्ट गाइड, गाइड र क्लाइम्बररमेतको अनुभव हाँसिल गरिसक्नुभएका उहाँ हिमालयन शेर्पा क्लव, कपन शेर्पा किडुकलगायतका संघसंस्थामा आवद्ध हुनुुुुुुुहुन्छ । सितेरिया कराँतेमा वान डान उहाँले विभिन्न विद्यालयहरुमा प्रशिक्षक रहेर विद्यार्थीहरुलाई मार्शल आर्ट सिकाउनु भएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका, चौरीखर्क निवासी शेर्पा साइकलिङका सौखिन हुनुहुन्छ । केही बर्षअघि लाङटाङको क्यानजीङसम्म साइकलिङ गनृुभएको थियो ।

१५. रविन्द्र महर्जन, सदस्यका प्रत्यासी
सदस्याका प्रत्यासी रविन्द्र महर्जन एक्स्पेरियन्स आउटडोर्स् नेपालका प्रबन्ध निर्देशक हुनुहुन्ट । ललितपुर निवासी उहाँ शान्ति शिक्षा अभियान, नेपालका अध्यक्ष समेत हुनुहुन्छ । प्रवल जनसेवा श्री पदकले सम्मानित उहाँले संयुक्त राज्य अमेरिका र युरोप देशहको भ्रमण गर्नुभएको छ । सन् १९९४ मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका बहुआयामिक व्यक्तित्व महर्जनको विजयले टानको विकासमा महत्वपूर्ण योयगदान पु¥याउने छ ।

१६.तेन्जिङ शेर्पा, सदस्याका प्रत्यासी
सदस्यका प्रत्यासी तेन्जिङ शेर्पा शेर्पाल्यान्डका टे«क्स एन्ड एक्सपिडिसनका संचालक हुुनुहुन्छ । ओखलढुँगा–७, खिजी फलाटे निवासी शेर्पाले सन् २००० बाट पर्यटन करिअर सुरु गर्नुभएको हो । युके, नेदरल्यान्ड, फ्रान्स, बेल्जियम, थाइल्यान्डलगायत झन्डै दर्जन देशको यात्रा गरिसक्नुभएको शेर्पा पोर्टर कुक, गाइड हुँदै कम्पनी संचालक हुनुभएको हो । नेपालका अधिकाँश टे«किङ रुटमा पटकपटक यात्रा गर्नुचएको हो । उहाँको विजय एउटा परिपक्व पर्यटनकर्मीको पनि विजय हो

१७. बुद्धकुमारी अधिकारी, महिला सदस्यका प्रत्यासी
महिला सदस्यका प्रत्यासी बुद्धकुमारी अधिकारी एक्साइटिङ नेपाल होलिडेज् टे«क्स्की संचालक हुनुहुन्छ । ज्वाइन्ट टुरिजम कोर्डिनेसन कमिटि (जेटीसीसी) को नेतृत्वमा पर्यटनको बेथितीविरुद्ध भएको आन्दोलनमा सकृय सहभागी हुनभएकी अधिकारी मानविकीतर्फ नेपालमा सांस्कृतिक पर्यटन विषयमा स्नातक हुनुहुन्छ । दिगो पर्यटन विकास र पुस्तकालय विज्ञानमा विशेष तालिम लिनुभएकी उहाँ साहित्यप्रमि मात्र होइन, बेलाबेलामा कविताहरु पनि लेख्ने गर्नुहुन्छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक संकलन समेत रहनुभएकी सिन्धुली निवासी अधिकारीको विजय पर्यटनमा महिला सशक्तिकरणका दिशामा सुखद समाचार हुनेछ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *