टानको अध्यक्षमा खुमबहादुर सुवेदी

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई पछि पार्दै टानको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा खुमबहादुर सुवेदी विजयी हुनुभएको हो ।
खुमबहादुर सुवेदी यस अघि बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । करिब २६ वर्ष देखि लगातार नेपालको पर्यटन क्षेत्रमा सक्रिय व्यक्ति खुमबहादुर सुवेदी धादीङ जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउनुभएको हो । २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतिय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी टानको पूर्व कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँ पर्यटन व्यवसायी मात्र हुनुहुन्न, नियात्राकार समेत हुनुहुन्छ । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक सुवेदीलाई आम पर्यटन व्यवसायीहरु आँखामा राखे पनि नबिझाउने व्यक्तित्वका रुपमा चित्रित गर्ने गर्छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसक्नुभएका धादिङ, ज्वालामुखीका सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ सामाजिक सेवामा कृयाशील ह्यान्ड इन ह्यान्ड नेपालका समेत अध्यक्ष हुनुहुन्छ । पर्वतिय पर्यटन व्यवसायीहरुमाझ निकै लोकप्रिय उहाँको बहुआयामिक व्यक्तित्व, मिलनसारिता र संस्थागत अनुभव नै उहाँको विजयको आधार रहेको आममतदाता बताउछन् ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *