टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीको अबको दर्जन बढी प्रतिवद्धता


सन् १९७४ मा स्थापित भएर अनगिन्ति आरोह र अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले व्यावसायिक, आर्थिक र सामाजिक रुपमा एउटा उचाइ मात्र हासिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य थुप्रै संस्थाहरूभन्दा पृथक मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी समेत भइसक्नुभएको छ । अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई पछि पार्दै टानको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा खुमबहादुर सुवेदी विजयी हुनुभएको हो । करिब २६ वर्ष देखि लगातार नेपालको पर्यटन क्षेत्रमा सक्रिय खुमबहादुर सुवेदी २०४९ सालमा टे«किङ गाइड हुँदै पर्वतिय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको थियो । सुवेदी टानको पूर्व कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँ पर्यटन व्यवसायी मात्र हुनुहुन्न, नियात्राकार समेत हुनुहुन्छ । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । पर्वतिय पर्यटन व्यवसायीहरुमाझ निकै लोकप्रिय उहाँको बहुआयामिक व्यक्तित्व, मिलनसारिता र संस्थागत अनुभव नै उहाँको विजयको आधार रहेको आममतदाता बताउछन् । टानमा बिजय भइसके पश्चात उहाले गर्ने कार्यसूचि के के छन् त ।

१. संगठनका तमाम सदस्यहरूमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र सबैको सह–अस्तित्व स्वीकार गर्ने । वर्तमान अवस्थामा व्यवसायसँग सम्बन्धित समस्याहरु र तिनको समाधानप्रति समर्पित रहने ।

२. टानलाई व्यवसायीमैत्री बनाउनका लागि आन्तरिक व्यवस्थापन चुस्त राख्ने । नयाँ प्रविधिको प्रयोग गरी टानको सचिवालयलाई, अझ व्यवस्थित बनाउने र मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने ।

३. टानको आर्थिक पक्ष सबल बनाउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्दै व्यवसायीका हितमा आफ्नो भूमिका निर्वाह गर्ने ।

३. बैठकका निर्णयहरु सम्पूर्ण सदस्यहरुलाई शीघ्र एवम् पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने ।

४. ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम टिम्स को सान्दर्भिकता र औचित्यलाई गहन छलफल गर्ने । पूर्ववत् रूपमा यसको व्यवस्थापन कायम गर्न र गराउन सकिन्छ वा सकिँदैन भन्ने कुराको निक्र्यौल गर्ने । यदी सकिने हो भने ‘अनलाइन सिस्टम’को व्यवस्था मिलाउने अनाधिकृतरूपमा भइरहेको पदयात्रा व्यवसाय सञ्चालनलाई रोक्ने ।

५. ‘नो गाइड नो ट्रेकिङ’को अवधारणलाई कडाइका साथ लागू गर्ने÷गराउने । टिम्समार्फत प्राप्त हुने आम्दानीलाई पारदर्शी ढङ्गले उपयोग गरी प्रवद्र्धनात्मक क्षेत्रमा लगाउने ।

६. टिम्सलाइ एस वा नो गर्ने र यदि टिम्सलाइ प्रभावकारी ढंगले लागु गर्न नसके ट्रेक्किंङ परमिटको सिद्दान्तलाइ लागु गर्ने ।

७. मनास्लु र अन्नपूर्ण, सगरमाथा र गौरीशंकर, अन्नपूर्ण र मुस्ताङ क्षेत्रको पदयात्रा सञ्चालन गर्दा दुबै क्षेत्रको लागि अलग–अलग तिर्नुपर्ने प्रवेश शुल्कलाई एकद्वार प्रणालीका आधारमा एउटै अनुमति–पत्रमार्फत पदयात्रा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन जोडदार पहल गर्ने ।

८. हिमाली क्षेत्रहरूमा मौसम सम्बन्धी आपतकालीन सूचना प्रदान गर्ने व्यवस्था मिलाउने र सम्भावित प्राकृतिक विपद् व्यवस्थापनका लागि बिभिन्न सरोकारवाला निकायहरूसित समन्वय गरी ठाउँठाउँमा आपत्कालीन आश्रयको निर्माण गर्ने ।

९. मजदुरहरुलाई ‘लेक लाग्ने’ समस्या सम्बन्धी आवश्यक तालिमहरुको व्यवस्था गर्ने र आपतकालिन अवस्थाहरुमा टान कार्यालयमा ‘क्राइसिस म्यानेजमेन्ट डेस्क’ खडा गरी आवस्यक सेवा उपलब्ध गराउने ।

१०. व्यवसायलाई मजदुरमैत्री बनाउँदै मजदुरहरु दुर्घटनामा पर्दा दिइने क्षतिपूर्तिलाई सहजिकरणका लागि टानको तर्फबाट सामूहिक बीमा गर्न आवश्यक पहल गर्ने ।

११. टानका सदस्य कम्पनीहरुको व्यवसायको बजारीकरण र प्रवद्र्धनका लागि सहजकर्ताको भूमिका निभाउँदै आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाउने ।

१२. अन्तराष्ट्रिय स्तरको पदयात्रा तथा पर्वतारोहण सम्बन्धी मेला र सम्मेलनहरु नेपालमै आयोजना गर्ने रगराउन पहल गर्ने ।

१३. मौजुदा पदयात्रा मार्गहरुको संरक्षण गर्दै वैकल्पिक मार्गहरुको पहिचान एवम् सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न पहल गर्ने ।

१४. नियन्त्रित क्षेत्रहरुलाई खुल्ला गर्नका लागि सम्बन्धित सरकारी निकायहरुसँग पहल गर्ने ।

१५. व्यवस्थित टुरिस्ट बसपार्कको व्यवस्थापन गर्न आवश्यक पहल गर्ने ।

१६. रोजगारी सिर्जनाका हिसाबले उत्कृष्ट योगदान पु¥याउने र नयाँ गन्तव्य र प्याकेज उत्पादन गरी प्रवद्र्धन गर्ने, सदस्य कम्पनिलाई संस्थाको तर्फबाट प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने ।

१७. लामो समयदेखि थाती रहदै आएको व्यवसायीहरुको हितका लागि ‘ट्रेकिङ व्यवसायी कल्याण कोष’को स्थापना गर्ने ।

१८. सरसफाइ तथा पर्यावरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने । वातावरण मन्त्रालय र अन्य निकायहरुसँग सहकार्य गरी पदयात्रामार्गहरुको वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर व्यवस्थापन गर्ने ।

१९. आन्तरिक हवाई उडानलाई सहजीकरण गर्न पहल गर्ने ।

उपर्युक्त प्रतिनिधिमूलक बुँदाहरुलाई आवश्यकता र प्राथमिकता अनुरूप सबैको सल्लाह र सुझावका आधारमा तय गरी कार्यान्वयन गर्न अनन्त प्रयत्नमा कटिबद्ध रहनेमा सुवेदी विश्वास दिलाउनुहुन्छ । दूरदर्शिता र नीतिगत व्यावसायिक चिन्तनले मात्र टानको भविष्य उज्वल हुनसक्ने र यसको सौम्य इतिहासमा लागेका दागहरू मेट्न सकिने उहाको तर्क छ । सुवेदीले पदयात्रा व्यवसायीहरुको आपसी हित र गरिमाका लागि स्थापना भएको छाता संगठन भएकोले टानलाई वास्तविक संस्था बनाउने लक्ष्यका साथ आफु आएकोे उल्लेख गर्दै सम्पूर्णको साथ, सहयोग र अमूल्य मतका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *