सरकारले लिपुलेक र कालापानी सहितको नयाँ नक्सा सार्वजनिक गर्ने

बैंकिङ खबर । सरकारले शुक्रबार नयाँ आबकोे निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम घोषणा गरेकी हुन् । सो क्रममा उनले भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने बताइन् । राष्ट्रपति भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमी भएको नक्सा सार्वजनिक गर्ने बताईन् । भण्डारीले भनिन्, ‘छुटेको भूमि कायम गरी नेपालको नयाँ नक्सा सार्वजनिक गरिने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *