राष्ट्रिय स्तरका विकास बैंकहरुको रिपोर्ट : मुक्तिनाथ र गरिमा अव्वल

राष्ट्रिय स्तरका विकास बैंकहरुले आफ्नो तेस्रो त्रैमासीक रिपोर्ट सार्वजनिक गरेका छन् । जस अनुसार केही विकास बैंकहरुले नाफा बढाएका छन् भने केहीको अबस्था कम्जोर देखिएको छ । विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक अब्बल देखिएका छन् ।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंक यस आर्थीक बर्षमा सबैभन्दा बढि नाफा कमाउने विकास बैंक भएको छ । कम्पनीहरुले प्रकाशन गरेका वित्तीय विवरणको आधारमा आर्थिक वर्ष २०७६ र ७६ मा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले चालु आवको तेस्रोे त्रैमासमा ६७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यस बैंकको पुँजी पनि ४१.११५ ले बढेर ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैया भएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ३२ करोड ३७ लाख रुपैयाँ रहेको छ । कम्पनिको प्रति शेयर आम्दानी २१ रुपैँया ११ पैसा रहेको छ ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकले पनि चालु आवको तेस्रोे त्रैमासमा बढी नाफा कमाउने बैंकमा दोस्रो नम्बरमा नाम लेखाउन सफल भएको छ । बैंकले ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको हो । यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ७ करोड ७३ लाख रुपैँया रहेको छ । कम्पनिको प्रति शेयर आम्दानी २० रुपैँया ३३ पैसा रहेको छ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले ४३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड ३२ लाख रुपैयाँ रहेको छ भने बैंकको प्रति शेयर आम्दानी २१ रुपैँया ४८ पैसा रहेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा आइपुग्दा ४३ करोड ६७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ७ करोड ८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको प्रति शेयर आम्दानी सबैभन्दा बढी २२ रुपैँया २० पैसा रहेको छ ।

महालक्ष्मी विकास बैंक
यस्तै, महालक्ष्मी विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा ३९ करोड ७३ लाख रुपैँया नाफा कमाउन सफल भएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ४ करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर आम्दानी १७ रुपैँया २५ पैसा रहेको छ ।

ज्योति विकास बैंक
ज्योति विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ९ करोड ५४ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १६ रुपैँया ६३ पैसा रहेको छ ।

गण्डकी विकास बैंक
गण्डकी विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा ३६ करोड ९५ लाख नाफा कमाएको छ । यस अवधिमा बैंको वितरण योग्य नाफा ३ करोड २८ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १७ रुपैँया ९२ पैसा रहेको छ ।

देव विकास बैंक
कुमारी बैंकमा विलय हुन लागेका देव विकास बैंकले २३ करोड ४९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ करोड १८ लाख १८ हजार रुपैयाँ छ । बैंकको प्रति शेयर आम्दानी ९ रुपैँया ८६ पैसा रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको तेस्रोे त्रैमासमा २२ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ९० लाख रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी ११ रुपैँया ४८ पैसा रहेको छ ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा २१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा ५८ हजार रुपैयाँ रहेको छ, भने प्रति शेयर आम्दानी ११ रुपैँया ३१ पैसा रहेको छ ।

बैंकिङ खबरमा प्रकाशित समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *