बैंकको व्याज घट्दै गर्दा ‘सहकारीमा व्याज निर्धारण’ के हुन्छ ?

बैंक तथा वित्तीय क्षेत्रमा व्याजको विषय चर्को रुपमा बहसमा आइरहँदा सहकारी क्षेत्रमा व्याजको विषय मौन रहेको छ । कैयौं ससाना व्यबसायीहरु सहकारीमा आबद्ध भएर सहकारीको कर्जा चलाएका छन् । कोरोना संक्रमण र लकडाउनका कारण आर्थिक क्षेत्र अस्त व्यस्त बनेको अबस्थामा सहकारी क्षेत्र आआफ्नै शैलीबाट अघि बढेका छन् । सहकारी संख्यात्मक ढंगले अति धेरै छन् । देशभरी गरेर करिव ३० हजार बढी सहकारी संचालनमा छन् । दर्ता संख्या भने ३४ हजारको हाराहारीमा छन् । लकडाउन अवधिमा कतिपय सहकारीबाट जम्मा गरेको रकम समेत सदस्यहरुले निकाल्न पाएका छैनन् । संख्या धेरै भएका कारण पनि सहकारीलाइ लकडाउन अवधिमा संचालन गर्न सहज भएन । स्थानीय निकायसँग समन्वयन गरेर संचालन गर्न सहकारी विभागले निर्देशन दिएको थियो । तर उक्त निर्देशनलाई स्थानीय सरकारले सहजीकरण गर्न कठिन भएका कारण लकडाउन अवधिमा सहकारीलाई पास दिँदा अती धेरै पास दिनुपर्ने अबस्था हुने कारणले सहकारी संचालनमा असहजता आएको बताईएको छ । केही सहकारीहरुले समन्वयन गरेर अघि बढेका छन् भने अधिकाँस सहकारी पूर्ण रुपमा बन्द छन् ।

व्याजको विषयमा मौनता

नेपालको वित्तीय क्षेत्रमा सहकारीको भूमिका पनि महत्वपूर्ण छ । सहकारी विभागले पछिल्लो समय दिएको निर्देशनमा १६ प्रतिशतभन्दा माथि कर्जामा व्याज लिन नपाउने व्यबस्था छ । सोही अनुसार सहकारीहरुले कारोबार गर्दै आएका छन् । निक्षेपतर्फ पनि १२ प्रतिशतसम्म सहकारीले व्याज दिएका छन् । हाल बैंकिङ क्षेत्रमा निक्षेपतर्फको व्याज एकल अंकमा झरेको छ । कोरोना र लकडाउनपछि सहकारीमा व्याजको विषय उठाइएको छैन । यसले गर्दा बैंकमा रहेको निक्षेप सहकारीतिर जाने अनुमान गरिएको छ । कोरोना संक्रमण र यसबाट परेको आर्थिक प्रभावलाई लिएर बैंकहरुले व्याज कम गरेका छन् । कोरोना संक्रमण तथा लकडाउनको समयमा सहकारी विभागले व्याजको विषयमा कुनै कुरा उठाएको छैन ।

लकडाउन अवधिमा सहकारी विभागले जारी गरेको निर्देशन यस्तो छ ।

 

बैंकिङ खबरमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *