नेपालमा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो।
यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । संक्रमित मध्ये हालसम्म २०६ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।