व्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावीत अर्थतन्त्र उकास्न बजेट केन्द्रीत भएको बताएका छन् । उनले ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको पनि बताए । बजेट पछिको पत्रकार सम्मेलनमा उनले सामाजिक सुरक्षा कोषमा दर्ता भएका रोजगारदाता र श्रमिकले तिर्नुपर्ने रकम लकडाउनअवधीभर सरकारले तिर्ने बताए । ‘अर्थमन्त्री खतिवडाले व्याजमा दिइएको छुट तथा करछुट नै मुख्य राहत भएको पनि उल्लेख गरे । उनले अर्थतन्त्रमा परेको प्रभावलाई मध्यनजर गरी ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याइएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *