संसदमा अर्थमन्त्रीमाथि भ्रष्ट्राचारको आरोप, राजीनामा माग

संसदमा अर्थमन्त्री युवराज खतिवडाले भ्रष्ट्राचार गरेको भन्दै राजीनामा माग भएको छ । विद्युतीय गाडीको विषयलाई लिएर उक्त विषयमा भ्रष्ट्राचार भएको आवाज उठेको हो । सांसद प्रेम सुवालले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा मागेका हुन् । नीजि क्षेत्र भने अर्थमन्त्रीसँग लामो समयदेखि रुष्ट हुँदै आएको छ । मंगलबार विनियोजन विधेयकमाथि छलफलका क्रममा सांसद सुवालले विद्युतीय गाडीमा अरबौं भ्रष्टाचार गरेको आरोप लगाउँदै अर्थमन्त्री खतिवडासँग राजीनामा माग गरे । उनले विद्युतीय गाडीमा अर्बौ घोटाला भएको भन्दै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।

बैंकिङ खबरमा प्रकाशित समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *