अमेरिकी बैंक स्ट्यान्लेको करिव एक अर्ब डलर डुब्यो

अमेरिकी लगानी बैंक मोर्गान स्ट्यान्लेले हेज फन्ड आर्किगोमा लगानी गरेको झण्डै एक अर्ब डलर डुबेको छ । बीबीसीले जनाएअनुसार बैंकले पहिलो त्रैमासिक नतिजामा ९१ करोड १० लाख अमेरिकी डलर आर्किगोमा डुबेको जनाएको हो । यसका बाबजुद बैंकको उक्त अवधिको नाफा भने एक सय ५० प्रतिशतले बढेको छ । बैंकको कुल नाफा तीन अर्ब ९८ करोड अमेरिकी डलर छ । गत वर्ष एक अर्ब ५९ करोड डलर रहेको थियो ।
कुल राजस्व समेत बढेर १५ अर्ब ६७ करोड डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *