मौद्रिक नीति : कोभिडको असरलाई राहत

वित्तीय क्षेत्रको विकास र स्थायित्व, भुक्तानी कारोबारमा विद्युतीय माध्यमको प्रयोगलाई प्रवद्र्धन, वित्तीय पूर्वाधारको विकास र वित्तीय साक्षरता अभिवृद्धिमार्फत वित्तीय पहुँच तथा वित्तीय समावेशीकरण गरिने कार्यदिशासहित आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । मौद्रिक नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशत भित्र सीमित राख्ने लक्ष्यसँगै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदै तरलता व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत, र निजी क्षेत्रको कर्जा विस्तार १९ प्रतिशत प्रक्षेपण गरिएको छ । सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य यथावत् राखिएको छ । राष्ट्रिय स्तरका विकास बैंक, फाइनान्स कम्पनी र थोक कारोबार गर्ने लघुवित्तले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने, रु एक करोड सम्मका घरेलु मझौला तथा साना कर्जाहरु कुल कर्जाको १५ प्रतिशत पु¥याउनुपर्ने व्यवस्था यथावत्, २ वर्षसम्म निरन्तर नोक्सानीमा चलेका व्यावसायलाई प्रवाहित कर्जा लाई शुक्ष्म निगरानीमा राख्नुपर्ने ब्यवस्थामा २ वर्ष थप गरी ३ वर्ष पुर्‍याउने, मार्जिन प्रकृतिको कर्जा सिमा मूल्यको औसत मूल्य यथावत् ७० प्रतिशतसम्म कर्जा पाईने लगायतका व्यवस्था गरिएको छ । यसरी राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुका प्रतिक्रियामा पनि आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *