नेपाल बैंक र तिलोत्तमा न.पा. बीच सहुलियत कर्जा सम्बन्धि सम्झौता

 रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहीबार आयोजना गरेकोे तिलोत्तमा लगानी सम्मेलन सम्पन्न भएकोे छ ।
उक्त कार्यक्रममा प्रमुख अथिती पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, संघीय सरकारका अर्थमन्त्री, प्रदेश नं.५,३ र २ का मुख्यमन्त्री लगायतका नेता तथा स्वदेशी र विदेशी लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो ।
सम्मेलनमा तिलोत्तमा नगर क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न शिक्षित तथा बेरोजगार युवाहरुलाई नगरभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायीक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवद्र्धन गरी उद्यमशिलता विकास गर्न तथा वित्तिय पहुँच विस्तार गर्ने उदेश्यले तिलोत्तमा नगरपालिका नगरप्रमुख बासुदेव घिमिरे र नेपाल बैंक लिमिटेड प्रदेश नं.५ का प्रादेशिक प्रमुख पासाङ्ग दोर्जी शेर्पाले सहुलियतपूर्ण कर्जाकोसम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
तिलोत्तमा नगरपालिका र नेपाल बैंक लिमिटेड बीचको सहकार्यले जनसमुदायको जिवनस्तर उकासी नगरको विकासमा सहयोग पुग्ने विश्वास लिएको नगरप्रमुख घिमिरे बताउनुभयो । साथै बैंकका प्रदेश ५ प्रमुख शेर्पाले यस्ता कार्यक्रमले देशको समृद्धिका लागि सहयोग पुग्ने हुदाँ अन्यक्षेत्रमा पनि स्थानीय निकायसँग समन्वयन गरि यस्ता कार्यक्रम गर्दै जाने बैंकको योजना रहेको बताउनुभयो, साथै छिटै नै यस सहुलियतपूर्ण कर्जा सम्बन्धित आवश्यक प्रक्रिया पुरा गरि तिलोत्तमा नगरबासीलाई बैंकको मणिग्राम शाखाबाट कर्जा उपलब्ध गराने जानकारी समेत गराउनुभयो ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *