साहित्यकार सुरेन्द्र महर्जनको एल्बम बिमोचन

ओएस नेपाल मिडिया प्रा. लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको ओएस नेपाल म्युजिक अवार्ड २०७६ को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा उत्कृष्ट पाँचको प्रमाणपत्र बितरण तथा ओएस नेपालको प्रस्तुति कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा रहेको गीति एल्बम अर्पणको एक समारोहबीच मधेसी आयोगका अध्यक्ष प्रमुख अथिती माननीय डा. विजयकुमारले   सार्वजनिक गर्नु भएको थियो ।
एल्बमभित्र मेलिना राई, योजना पुरी, यज्ञ राई, इन्दु कुँवर, जितेन्द्र खाती र राम अवाले आदिको स्वर रहेको छ भने उक्त एल्बमभित्र रहेका सम्पूर्ण गीतहरूको संगीत एवं एरेन्जर संगीतकार राम कार्कीको रहेको छ ।

अथितिको भुमिकामा ज्योतिष सिवराज रेग्मी रहेको उक्त कार्यक्रम संचालन भने शिशिर भण्डारी, चिरञ्जीवी सापकोटा, योजना पुरी र कमल सरगमले गरेका थिए । कार्यक्रममा ५८ विधामा उत्कृष्ट रहेका गीतहरूका गायक, गायिका, कलाकार, निर्देशक, एजेन्जर, संगीतकारलाई उत्कृष्ट पाँचको प्रमाणपत्र वितरण गरिएको थियोे ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *