समाजसेवी गिरीराज संग्रौला सम्मानित

युवा व्यवसायी तथा उद्यमी गिरीराज संग्रौला सम्मानित हुनुभएको छ । लामो समयदेखि मुलुकको अर्थतन्त्र विकास तथा समृद्धिका लागि सक्रिय रहेर सामाजिक क्षेत्रमा समर्पित भइ शिक्षित समाज निर्माण गर्न सहयोग गरेको भन्दै संग्रौलालाई काठमाडौं स्थित मिडिया इन्टरनेसनलले सम्मान गरेको हो । मिडिया इन्टरनेसनलको ७ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उहाँलाई सम्मानपत्र प्रदान गरेको मिडिया इन्टरनेसनलका अध्यक्ष माधब निर्दाेषले जानकारी दिनुभयो । संग्रौलाले देशका विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग पुर्याउनुका साथै शैक्षिक क्षेत्रमा समेत ठूलो योगदान दिनुभएको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *