यो दशैंमा १२ अर्ब बराबरको नयाँ नोट सटही, नोट हिफाजतका लागि नेपाल राष्ट्र बैंकको आग्रह

 यस पटकको दशैंमा १२ अर्ब रूपैयाँ बराबरको नयाँ नोट सटही भएको छ । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि देखि १७ गतेसम्म विभिन्न बैंकमार्फत सर्वसाधारणका लागि सो रकम उपलब्ध गराएको जानकारी दिएको छ ।
यस पटक राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाइएको थियो ।
राष्ट्र बैंकले एक व्यक्तिका लागि ५, १०, २०, ५० र १०० रूपैयाँका एक–एक प्याकेट गरी १८ हजार ५०० सम्म साट्न पाउने व्यवस्था गरेको थियो ।
यसैबिच नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागु गरेको छ । त्यसैले राष्ट्र बैंकले नयाँ नोटको हिफाजतका लागि समेत आग्रह गरेको छ । सामान्यतया कागजी नोटको आयु ४/५ बर्षको हुने तर दशैंका बेला बजारमा पठाइएका नोट एक बर्षमै पुराना हुने गरेको पाइएको छ, यो वर्षमात्र पनि राष्ट्र बैंकले ७६ अर्ब ९५ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको झुत्रा नोटहरु जलाएको छ । ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने हुनाले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरीएको हो ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *